एक लाख नगदसहित १७ जुवाडे पक्राउ
२०७७ साउन २९ गते

प्रतिकात्मक तस्वीर
कास्की । तास खेलिरहेकाे अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेकाे छ ।
पोखरा महानगरपालिका-१० मिलन टोल डेरा गरी बस्ने सोही महानगरपालिका-१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








