थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ३८ वटा प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् ।

आज थपिएका संक्रमितमध्ये ११९ जना उपत्यकाका छन् । काठमाडौंका १११, भक्तपुरका ५ र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित धनुषा, मोरङ, सप्तरी, सिरहा, बारा, पर्सा, सर्लाही, चितवन लगायतका छन् ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८३७ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १०९ संक्रमित डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म ९५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *