तरुण दलद्वारा आमा घरलाई फलफुल र स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिले कालिमाटी रवि भवनस्थित वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) लाई फलफुल र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले उक्त सामाग्री वितरण गरेको हो ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर तरुण दलले छोटो कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा सहयोग पुर्याउने नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका आ. सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =