हाम्रो ‘नेपाली किबोर्ड’ मा नयाँ अपडेट, एक ट्यापमा बोलेरै नेपाली टाइपिङ

काठमाडाैं । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब कसैले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ ।
ताजा अपडेटले अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट, च्याटहरु गर्न सकिन्छ । हाम्रो ‘नेपाली किबोर्ड’ को जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्न सकिन्छ । अब नेपाली भाषामा टाइपिङ गर्न समस्या हुने छैन ।
भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।
टाइपिङमा आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सकिन्छ । मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको आवश्यक्ता अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधा पनि समेटिएको छ नयाँ अपडेटमा । जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नेछन् ।








