१६ हजार धराैटीमा छुटे सञ्जेललाई कुट्ने दुई महिला

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारीहरू धरौटीमा छुटेका छन् । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी भट्टराई र मेनुका कोइराला जनही ८/८ (१६ हजार रुपैयाँ) धराैटीमा मंगलबार छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजालशले पक्राउ परेका महिला कर्मचारीहरूलाई धराैटीमा छोड्न आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता ध्रुव बहादुर खड्काले जानकारी दिए । प्रशासन धराैटीमा छोड्न आदेश दिएपछि धरौटी रकम बुझाए उनीहरू छुटेका छन् ।

आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले गत साउन १७ गते शनिबार सञ्जेललाई कुटपिट गरेका थिए । सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी र मेनुकालाई पहिलो पटक जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि मोरङ प्रहरीले अनुसन्धान सुरू गरेको थियो । प्रहरीले पहिलो पटक थप गरेको अनुसन्धान पूरा नभएपछि गत बिहीबार दोस्रो पटक पुनः पाँच दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो ।

यता दुई महिला कर्मचारीहरूले सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेल्ने, नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेको बताउने गरेका छन् । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपर वेटको डल्लो, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =