बार्यन म्युनिखसँगको खेलका लागि मेसी पूर्ण फिट

एजेन्सी । बार्सिलोनाका सुपरस्टार कप्तान लियोनल मेस्सी च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलका लागि फिट रहेका छन् । शुक्रबार राती जर्मन क्लब बार्यन म्युनिखसँगको खेलमा मेस्सी पूर्ण रुपमा स्वस्थ रहेको स्पेनिश मिडियाहरुले जनाएका छन् ।

उनी च्याम्पियन्स लिगमा नापोली सँगको दोस्रो खेलमा खराब ट्रयाकलमा परेका थिए । तर, स्वास्थ्य परीक्षणमा उनी फिट देखिएका हुन् ।

मंगलबार मेस्सी पूर्ण रूपमा फिट हुँदै च्याम्पिन्स लिगअन्तर्गत बायर्न म्युनिखविरुद्धको खेलका लागि प्रशिक्षण समेत गरेपछि भोली हुने अत्यन्त प्रतिष्पर्धात्मक खेलमा उनको सहभागिता निश्चित भएको छ ।

मेस्सीले नापोलीमाथि ३–१ गोलको जित निकाल्दा चोट बोकेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नापोलीका डिफेन्डर कालीडौ काउलीबालीले बल क्लियर गर्नेक्रममा मेस्सीको खुट्टामा प्रहार गरेका थिए ।

डी एरियामा भएको उक्त फलमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । मेस्सीले नसक्ने भएपछि लुइस स्वारेजले सो पेनाल्टीलाई गोलमा परिणत गरे । यता, चोट हुँदाहुँदै पनि मेस्सीले निर्धारित समय खेल खेले ।

त्यसयता उनले केही दिन टोलीका साथमा प्रशिक्षण गरेनन् । मंगलबार बिहान उनी डाक्टरलाई लिएरै प्रशिक्षण मैदान फर्किएका थिए । उनले डाक्टरका साथमा आधा घण्टा बिताएका थिए ।

त्यसपछि उनी चोटमुक्त हुँदै सामान्य रूपमा अभ्यासमा फर्किएको स्पेनिस मिडिया मार्काले जनाएको छ । यससँगै बायर्नविरुद्धको खेल उनले खेल्ने पक्का भएको हो । यसअघि चोटका कारण प्रशिक्षण गर्न नसकेकाले क्वार्टरफाइनल खेल खेल्नेबारे शंका उत्पन्न भएको थियो ।

बार्सिलोनाले अब पोर्चुगलको राजधानी लिस्बोन जानुअघि कोरोना परीक्षण गर्नेछ । बिहीबार बिहान बार्सिलोनाको टोली लिस्बोन प्रस्थान गर्ने बताइएको छ ।

च्यान्पियन्स लिगमा बार्सिलोना र बार्यन म्युनिख विचको प्रतिष्पर्धालाई फाइनल सरहकै भिडन्त मानिएको छ । जर्मन क्लब अहिले उत्कृष्ठ फर्ममा रहेको अवस्थामा बार्सिलाना कमजोर देखिएको छ । यद्यपि, ला लिगाको अन्तिम खेल र च्याम्पियन्स लिगको दोस्रो लेग उत्कृष्ठ खेलेर लयमा देखिएको बार्सिलोनाले बार्यनलाई राम्रै चुनौति दिने संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *