डाक्टरहरुका कविताः आउट फ्रम द एश आई विल बि बर्न

काठमाडाैं । बगंलादेशको सिलेटमा डाक्टर अध्ययन गरिरहेकी नेपाली विद्यार्थी कृपा मर्हजनको कविता सहितको भिडियो यूट्यूबमा परिक्रमा स्टुडेन्ट्स फेमीली नामको अकाउण्टबाट लाइभ गरियो । कविताकाे शिर्षक थियाे, आउट फ्रम द एश आई विल बि बर्न अर्थात् म धुलोहरुबाट फेरि जन्मनेछु ।

मेडिकल शास्त्र अध्ययनरत् विदेश पुगेकी कृपाको यस कविताले साहित्यको कुनै शास्त्र हुँदैन, अभिव्यक्तिको कुनै परिधी हुँदैन भन्ने पनि भाव बोलिरहेको छ ।

त्यस्तै नेपाली सेना स्वास्थ विज्ञान प्रतिष्ठान चिकित्साशास्त्र संकायकी विद्यार्थी लक्ष्मी दाहालको पनि कविता लेखन उतिकै खराे छ । लक्ष्मी पनि भविष्यकी डाक्टर हुन् तर कवितामा समाजको एउटा तितो पक्ष यसरी उजागर भएको छ कि मानौं लक्ष्मी मानिसको स्वास्थको हाेइन कविता अनि तिनका शब्दकी डाक्टर मात्र हुन्,

कति खरो अनि सहज अभिव्यक्ति
छोरी आर्शिवाद या अभिशाप
मलाई गर्व छ, छोरी भएर जन्मेकोमा
तर छोरा हुन्छ भनेर जन्माएको छोरी भइस् भन्दा दुःख लाग्छ
दिनदिनै बुवालाई हेराउन आउनेहरुले
छोरा कहिले हुन्छ नि सोध्दा मलाई दुःख लाग्छ

समाजलाई स्पष्ट रुपमा कवितामार्फत् ब्याख्या गरिदिएकी लक्ष्मीको यस काव्यात्मक यात्रालाई धरान वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका एम्बिबिएस अध्ययनरत् विद्यार्थीहरुको संगठन परिक्रमा स्टुडेन्टस् फेमीलीले आयोजना गरेको काव्य कर्म नामक कार्यक्रमले साकार पारेकाे हो ।

काव्य कर्ममा अन्य धेरै भविष्यका डाक्टरहरुले आ-आफ्ना कविताहरु अनि भिडियो समावेश गरेका छन्, साहित्य र चिकित्साशास्त्रको यस अदभूत संगमलाई नेपालकै सबैभन्दा ठूलो इ लर्निगं परिवार स्याटसमले प्रयोजन गरेको हो भने यसका अन्य प्रायोजकहरुमा नेपालय पब्लिकेशन रहेको छ । मिडिया पार्टनरमा स्वास्थ खबर पत्रिका र डक्टर स्टोरिज अफ नेपाल नामक फेसबुक पेज रहेको यस काव्य कर्मले कोरोना कहरका बिच आ-आफ्ना घरमा रहेका चिकित्सास्त्रका विद्यार्थीहरुको अप्रशोधित र मिठो अभिव्यक्ति र सम्भावनालाई भिडीयोमार्फत् हाम्रो संघारसम्म ल्याएको छ ।

स्याटसम टाइटल स्पोन्सर रहेको यस कार्यक्रम जुलाई २२ देखि अगस्ट १५ सम्म आयोजना हुनेछ, यसमा आफ्नो भिडियोहरु समावेश गर्नका लागि युट्युब भिडियोमा भएका ठेगानामा सम्पर्क गर्न सम्पूर्ण डाक्टर अध्ययनरत् विद्यार्थीलाई आह्वान पनि गरिएको छ ।

एमबिबिएस, इन्जिनियरिङ, नर्सिङ र ब्रिज कोर्सका तयारी गरिरहेको नेपालकै सबैभन्दा ठूलो ई लर्निगं परिवार स्याटसममा करिब ६ हजार भन्दा बढि नेपाली विद्यार्थीहरुले अनलाइन कक्षाहरुमा मक जाँचहरु मार्फत् आफ्ना सपनाको खाका कोरिरहेका छन्, यसका साथै नेपालभरिका थुप्रै कलेन र इन्सिट्रयूटहरु समेत स्याटसमसँग आवद्ध भई आफ्ना विद्यार्थीहरुलाई घरमा नै बसीबसी अन्तराष्ट्रिय स्तरको शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *