टोरन्टोमा गाडीको ठक्करले एक नेपाली बालकको मृत्यु

क्यानडा । टोरन्टोको इटोविकोमा भएको सडक दुर्घटनामा एकजना नेपाली बालकको ज्यान गएको छ । मंगलबार घटेको दुर्घटनामा क्यानाडामा बसोबास गरिरहेका रमेश भट्टराई र सबिना पाठकका तीन वर्षीय छोरा रायनको मृत्यु भएको हो ।

चितवनको माडी घर भएका रमेशको परिवार चार वर्षअघि क्यानाडा आएको थियो ।

दुर्घटनामा ३६ वर्षीय रमेश र उनकी सात वर्षीया छोरी सारा सामान्य घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचार भइरहेको टोरन्टो प्रहरीले जनाएको छ ।

सामान्य घाइते रमेश उपचारपछि डिस्चार्ज भएका छन् । पेट र खुट्टामा चोट लागेकी उनकी छोरीको ‘सिक किड हस्पिटल’ को आकस्मिक विभागका उपचार भइरहेको एनआरएनए क्यानाडाका महासचिव पिताम्बर भट्टराईले बताए ।

टोरन्टो प्रहरीका अनुसार रमेश आफ्ना छोराछोरीसहित सडक पार गर्ने क्रममा थिए । त्यही बेला उनीहरुलाई गाडीले ठक्कर दिएको थियो ।

दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाउन कानुन व्यवसायीसँग सल्लाह भइरहेको छ । ठक्कर दिने गाडीका चालक पनि घाइते भएको जनाइएको छ । एकजना वृद्धाले गाडी गाडी चलाइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *