आज साउन २९ गते बिहिबार, यस्ताे छ आजकाे राशिफल र पञ्चाङ्ग

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन २९ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–नवमी,०९ घडी ५२ पला,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी,५४ घडी ११ पला,रातको ०३ बजेर १४ मिनेट उप्रान्त मृगशिरा । योग–ध्रुव,०८ घडी ३७ पला,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त व्याघात । करण– गर,बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३२ घडी ५० पला । गुँगा नवमी। ललितपुरमा भीमयात्रा।

आजको बार बेला ।
बिहान ५ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
बिहान ५ बजेर ३५ मिनेटदेखी बिहान ७ बजेर १२ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर १३ मिनेटदेखी बिहान ८ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ५२ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर ०९ मिनेटदेखी दिउसो १ बजेर ४६ मिनेटसम्म  अमृत बेला ।
दिउसो १ बजेर ४७ मिनेटदेखी दिउसो ३ बजेर २५ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर २६ मिनेटदेखी साझ ५ बजेर ०३ मिनेटसम्म शुभ बेला ।
साझ ५ बजेर ०४ मिनेटदेखी बेलुकी ८ बजेर ०३ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर ४६ मिनेटदेखी दिउसो ०२ बजेर २४ मिनेटसम्म रहने ।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानि तथा औषधीजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दि आउनेछ । तरपनि खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । लामो दुरिको यात्राको तय हुनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य विवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउने समय रहेको छ । बैक तथ बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसायबाट लाभ लिन सकिनेछ  ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथि भाईसँग रमाईलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) राम्रा काम गर्न सकिने हुनाले मनमा हर्ष,आनन्द र प्रशन्नताको सञ्चार हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा विलाशी वस्तुको प्रयोग गर्न पाईनेछ । धर्म सस्कृति तथा रितिरिवाजको क्षेत्रमा राम्रा काम गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङगको लागि समय उत्तम रहेकोछ भने दाम्पत्य जीवन असल रहनेछ । समय तथा भाग्यले साथ दिने हुँदा सानो सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ  ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनी हरुसँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दा नै राम्रो रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तसँग राय बाजिनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धी हरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ज्ञान,बुद्धि,विवेक प्रयोग गरेर काम गर्न सकिने तथा लाभ लिन सकिनेछ । छोराछोरीको कामबाट सन्तोष हुनेछ भने ईष्टमित्रले सहयोग गर्नेछन् । व्यापारमा सामान्य बृद्धि हुने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ती उपहारको रुपमा प्राप्त हुनेछ । सरकार तथा राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जोस आउनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

तपाईँको दिन शुभ रहोस्  ।
ज्यो.डिपी उपाध्याय ।

भिडियाेमा पनि हेर्नुहाेस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *