चितवनमा एक चिकित्सक सहित सात जनामा कोरोना पुष्टि

चितवन । चितवनमा एक जना चिकित्सक सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा राप्ती नगरपालिकाका ६ जना र भरतपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

राप्तीका सबै क्वारेन्टाइनका हुन । रत्ननगर अस्पतालमा स्वाब लिइएका ती संक्रमित सोही अस्पतालमा कार्यरत हुन ।

बुधबार २०३ वटा नमुना परीक्षण गरिएकोमा बाँकी १९६ जनाको भने रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन ।

यस अघि मंगलबार मात्रै चितवनमा २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =