परीक्षा स्थगन तथा अनलाइन कक्षा सञ्चालन गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो हप्तादेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

कोभिड १९ का कारण परीक्षाहरू सञ्चालन गर्न नसकिए पनि विद्यार्थीहरूको थप शैक्षिक क्षति नहोस् भन्ने अभिप्रायले स्नातक, स्नातकोत्तर  तथा एमपफिल तहका सेमेस्टर प्रणालीका अनलाइन कक्षाहरू सञ्चालन गर्ने भएको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *