नेपालमा कोरोना मृत्युदर बढ्यो, २४ घण्टामा ८ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा कारोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टेकु निवासी ७८ वर्षीय एक महिलाको साउन २८ गते बिहान किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ निवासी ३२ वर्षीय एक पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा निधन भएको पनि प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको साउन २८ गते मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै धनुषाकै ३८ वर्षीय महिलाको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । यसैगरी सप्तरीका ७२ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । साउन २७ गते राति उनको मृत्यु भएको हो ।

त्यस्तै मोरङका ५५ वर्षीय पुरुषको साउन २८ गते बिहान र सोही दिन कपिलवस्तुका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी बाराका ७५ वर्षीय एक पुरुषको पनि साउन २८ गते नै मृत्यु भएको छ ।

योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =