थप १० हजार बढीकाे पीसीआर परीक्षण हुँदा ४८४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (बुधबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरे । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएको पनि उनले जानकारी दिए ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ७२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । ७ हजार ६१३ जना सक्रिय संक्रमितकाे विभिन्न अस्पतालकाे आइसोलेसन उपचार चलिरहेकाे छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १११, भक्तपुरका ८ र ललितपुरका २१ जना रहेका छन् । अन्य संक्रमितहरु विभिन्न जिल्लाका छन् ।

देशभर १४ हजार ८४६ जना क्वारेन्टिनमा रहेकाे पनि प्रवक्ता गाैतमले जानकारी दिए । पछिल्लाे २४ घण्टामा थप १० हजार ४८१ जनाकाे पीसीआर परीक्षण गरिएकाे प्रवक्ताकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =