महेश भट्टको निर्देशनमा बनेको ‘सडक २’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं । संजय दत्त, पूजा भट्ट, आलिया भट्ट र आदित्य रोय कपूर स्टारको फिल्म ‘सडक २’ को ट्रेलर रिलिज भएको छ । यो सिनेमाबाट २० वर्षपछि महेश भट्टले निर्देशनमा कमब्याक गरेका छन् ।

महेशकै १९९१ को हिट सिनेमा ‘सडक’ सँग सम्बन्धित  ‘सडक २’ ले संजय दत्तको क्यारेक्टरलाई आत्मसात् गरेको छ । कथामा पूजा भट्टको निधन पश्चात् संजय उनकै यादमा डुबिरहेकाे ट्रेलरमा देख्न सकिन्छ ।

कथामा आलियाको इन्ट्री पनि धमाकेदार छ । आलिया फेक गुरुहरुको भण्डाफोर गर्न कैलाश जान चाहन्छिन् । पूजाले आलियाको कैलाश यात्राको बुकिङ गराएकाले संजय जान तयार हुन्छन् । त्यसपछि कथाले नयाँ मोड लिन्छ ।

बाटोमा आलियाका प्रेमी आदित्य रोय कपूर पनि यात्रामा जोडिन्छन् । यी नै कथा ट्रेलरमा देखाइएकाे छ ।

२८ अगस्टमा डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको ‘सडक २’ ले दर्शको कस्तो साथ पाउँछ ? त्यो भने हेर्न बाँकी छ ।

हेर्नुहाेस् ट्रेलरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =