विश्वकप छनोटका खेल स्थगित

काठमाडौं । विश्वकप छनोटका खेल स्थगित हुने भएको छ । विश्वकप छनोटअन्तर्गत दोस्रो चरण तथा एसियन कप छनोट फुटबलका खेलहरु स्थगित हुने भएका हो ।

बुधबार विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी)ले ले संयुक्त रुपमा निर्णय गर्दै २०२२ मा कतारमा आयोजना हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कपको छनोट खेलहरु स्थगित हुने जानकारी दिएको हो ।

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेल आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुँदै थियो । तर कोरोना भाइरसका कारण खेल तालिका सार्नु परेको एएफसीले जानकारी दिएको छ ।

रोकिएको खेल तालिका २०२१ मा हुने जनाइएको छ । नेपालले विश्वकप छनोटको दोस्रो चरणमा आफ्नै घरेलु मैदानमा तीन वटा खेल खेल्दैछ ।

यसअघिको तालिका अनुसार नेपालले असोज २२ मा चाइनिज ताइपेईविरुद्ध खेल्दै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =