जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु
२०७७ साउन २८ गते
काठमाडौं । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु भएको छ । १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको गएराती ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं लगिएको र गएराती उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मकालु खबरलाई जानकारी दिए ।
उनी ७३ वर्षका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।
२०७७ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








