के गर्छ टोस्टमास्टर्स नेतृत्व संस्थाले ?

काठमाडौं । टोस्टमास्टर्स अन्तर्राष्ट्रिय संस्थाको डिस्ट्रिक्ट ४१ को डिभिजन ए, एन र ओ ले सन् २०२० अगष्ट ८ तारिखमा जुम मार्फत टोस्टमास्टर्स नेतृत्व संस्थाको आयोजना गरेका छन् । उक्त सेसनमा नेपाल टोस्टमास्टर्सको समुदायबाट ३०५ जनाको सहभागिता रहेको थियो । टोस्टमास्टर्स नेतृत्व संस्थाले आफ्ना सदस्यहरूको टोस्टमास्टर्स अनुभवलाई बढाउन, उनीहरूको सीप सिकाउन र रिफ्रेस गर्न, नयाँ साथीहरू बनाएर प्रभावकारी प्रशिक्षण र नेतृत्व विकास अवसहरु प्रदान गर्न विकसित गरिएको छ ।

डिभिजन ए का निर्देशक डीटीएम मून प्रधानले सहभागीहरूलाई टोस्टमास्टर्स नेतृत्व संस्थामा स्वागत गर्दै टोस्टमास्टर्स नेतृत्व संस्थाका अवसरहरूको बारेमा प्रकाश पारेका छन् । त्यस्तै, डिभिजन एनका निर्देशक टीएम अनीश दीक्षितले टोस्टमास्टर्समा नेतृत्वको बारेमा चर्चा गरे ।

उक्त सेसनमा विनोद चौधरी, एक व्यापारी, राजनीतिज्ञ तथा समाजसेवीले “यूथ इन्गेजमेन्ट र लिडरसिप” को बारेमा बताएका थिए ।  चौधरीले महामारीको परिणामस्वरूप बदलिएको विश्वमा ध्यान केन्द्रित गर्दै भने, “हामी त्यस्तो चरणमा प्रवेश गरिरहेका छौँ जहाँ प्रविधि र डिजिटल उद्योगले भविष्य के हुन्छ भनेर लेख्दछ ।” उनले सञ्चार, त्यसको फाइदाहरू र त्यसका उद्देश्यका बारेमा पनि कुरा गरेका थिए । उनले सञ्चारको बारेमा आफ्नो परिकल्पना र कसरी सञ्चारको शक्ति प्रत्यक्ष रूपमा नेटवर्कसँग सम्बन्धित छ भन्ने बारे बताएका थिए ।

डीटीएम सौरभ लोहनीले टोस्टमास्टर्सको इन्टरनेशनल डिस्टिंविस्ड क्लब प्रोग्राम (डीसीपी) लक्ष्यमा सेसन आयोजना गरेका थिए । यहाँ १० डीसीपी लक्ष्यहरू छन् । जसलाई हासिल गर्न क्लबले शिक्षा, सदस्यता, प्रशिक्षण र मेन्टरसीपमा केन्द्रित भएर प्रत्येक वर्ष क्लबले यी क्षेत्रभित्र रहेर कसरी यी लक्ष्यहरू हासिल गर्न सकिन्छ भनेर प्रयास गर्दछ ।

मेन्टरसीप कार्यक्रमको सेसन टीएम सदिक्षा सिंहले नेतृत्व गरिन् । उनले टोस्टमास्टर्सको वर्षौँदेखिको ठुलो सफलता सदस्यहरूको अन्य सदस्यहरूलाई समर्थन र मार्ग निर्देशन प्रदान गर्ने र प्रभावकारी रूपमा सिक्न मद्दतको परिणाम भएको कुरामा जोड दिइन् । सदस्यहरूको सिकाइलाई अधिकतम बनाउन सेसनमा विद्यमान मार्गनिर्देशन मेन्टर कार्यक्रमलाई समर्थन गर्न र राम्रो मेन्टर बन्न आवश्यक सीप हासिल गर्न सदस्यलाई सहयोग गर्ने योजना बनाएको छ ।

टीएम रवीन्द्र प्रधानले रमाइलोले भरिएको अन्तरक्रियात्मक र जानकारीमूलक सेसन आयोजना गरेका थिए । जहाँ उनले टोस्टमास्टर्सको बैठक रमाइलो बनाउन सकिने तरिकाहरू अपनाएका थिए । उनले नेपालका विभिन्न टोस्टमास्टर्स क्लबका अध्यक्षहरूलाई बैठकलाई रमाइलो बनाउन अपनाएको उपायहरू बताउन आमन्त्रण गरे । उनले टीएम सीमा गोल्छा, टीएम प्रनु सिंह, टीएम सीजा त्रिपाठी र टीएम सहिष्णुता शर्मा, टीएम श्रेया घिमिरे र टीएम चन्द्रायन श्रेष्ठलाई निमन्त्रणा गरेका थिए जसले आफ्ना सदस्यहरूको अनुभवलाई रमाइलो, जोसिलो र प्रेरणादायी बनाउन गर्ने विभिन्न रोमाञ्चक कुराहरू साटेका थिए ।

डिभिजन ओ का निर्देशक टीएम अभिष आचार्यको टिप्पणी पछि उक्त सेसन सम्पन्न भएको थियो जहाँ उनले मेन्टरसीप र टोस्टमास्टर्सको बैठकलाई कसरी रमाइलो बनाउने भन्ने बारेमा प्रकाश पारेका थिए ।

अन्ततः सबैमा अनुकरणीय प्रशिक्षकहरूका साथ यो निकै जानकारीमूलक कार्यक्रम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *