मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका-६, खोलेसिमलमा मोटर साइकलको ठक्करबाट आज (मंगलबार) एक वृद्धको ज्यान गएको छ । सडकमा पैदल हिंडिरहेका कालिका-२ पदमपुरका ७० वर्षिय जन्नु महतोको मोटर साइकलको ठक्करबाट मृत्यु भएको हो ।

वृद्धलाई ठक्कर दिने ना ३८ प ४२४९ नम्बरको पल्सर मोटर साइकलका चालक कालिका-६, सुर्यपुरका २१ वर्षिय सुजन तामाङ पनि घाइते भएका छन् । उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रहरी प्रवक्ता ( डिएसपी) सुर्य थापाले जानकारी दिए ।

मृतक महतोको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल भरतपुरमा लगिएको थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =