प्रदेश १ मा एकैदिन थपिए ९८ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश नम्बर. १ मा आज (मंगलबार) एकैदिन ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

यो हालसम्मकै उच्च संख्या हो । माेरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जाकानरी दिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्र आज (मंगलबार) एकैदिन ५० जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । माेरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । त्यस्तै प्रदेश १ मा आज नै १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *