स्वास्थ्यकर्मीमा काराेना जाेखिम बढ्याे, देशभर १८३ जना संक्रमित

काठमाडौं । देशभर हालसम्म १८३ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार ६० महिला र १२३ पुरुषमा गरी १८३ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रदेश १ का ८,  प्रदेश २ का ७८ , वाग्मती प्रदेशका ८,  गण्डकीका ६,  प्रदेश ५ का १२, कर्णालीका २२ र सुदुरुपश्चिमका २७ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे उनले जानकारी दिए ।

पछिल्लाे २४ घण्टामा देशभर ६३८ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *