स्वास्थ्य मन्त्रालयद्वारा थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ८३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार धनुषाका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट साउन २६ गते राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । त्यस्तै धनुषाकै क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने ५० वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट साउन २५ गते मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गरे ।

यसैगरी काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १ निवासी ५० वर्षीय एक महिलाको कोरोना संक्रमणबाट साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । साउन २२ गते त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *