१० वटा नाकाबाट नेपाल आउन पाउने

काठमाडौं । अब नेपालीहरु १० वटा नाकाबाट मात्रै आउन पाउँने भएको छ । यसभन्दा अघि सरकारले २० वटा नाकाबाट नेपाल आउन दिने गरेको थियो । कोरोनाको जोखिम बढ्दै गए पछि सरकारले नाकामा कडाइ गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन पाइने भएको बताए । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने बताए ।

भारतसगँ सिमाना जोडिएको नाकाहरुमा कडाई गर्दै  बिभिन्न १० वटा नाका मात्रै प्रयोग गरेर नेपाल आउन पाउँने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *