उपत्यकामा १३६ सहित देशभर थप ६३८ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ११४, भक्तपुरका ८ र ललितपुरका १४ सहित देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने संक्रमितमध्ये १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १७१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

७ हजार २०१ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *