काेराेना महामारीः वीपी प्रतिष्ठानकाे ओपिडी सेवा भाेलिदेखि बन्द !

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । प्रतिष्ठानमा कार्यरत् चिकित्सक र त्यहाँ उपचाररत् बिरामीहरुमा कोरोना संक्रमणकाे क्रम बढेपछि वीपी प्रतिष्ठानले याे कदम चालेकाे हाे ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहलले एक सुचना जारी गर्दै ओपिडी सेवा भाेलि (साउन २८) गतेदेखि अर्को सुचना नभएसम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । धरानमा एक हप्ताको लागि लकडाउन गरिएको र प्रतिष्ठानभित्रै पनि कोरोना संक्रमण देखिएकोले ओपिडी बन्द गर्नु परेको सुचनामा उल्लेख छ ।

पछिल्लाे समय चिकित्सकहरूमा पनि काेराेना संक्रमणकाे क्रम बढ्न थालेकाे छ । देशभरका अस्पतालका कयाैँ स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन् । संक्रमित फेला परेका कतिपय अस्पतालहरूले ओपिडी सेवा बन्द गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *