सुटकेशभित्र भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं । गोंगबुमा विभत्स हत्यापछि सुटकेशमा टेभिएको शवको पहिचान भएको छ ।

शवको सनाखत नभएर अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेपछि उनी दाङको कृष्णबहादुर बोहरा भएको खुलेको हो ।

उनी दाङ नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले बताएको छ । मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ ।

गत आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *