गोंगबु विभत्स हत्या: प्रहरीद्वारा सुटकेशमा भेटिएकाे शवकाे तस्विर सार्वजनिक
मकालु खबर
२०७७ साउन २६ गते
काठमाडाैं । प्रहरीले हिजाे (आइतबार) गाेंगबुमा भेटिएकाे विभत्स शवकाे तस्विर सार्वजनिक गरेकाे छ ।
२४ घण्टा बितिसक्दा पनि शवकाे पहिचान हुन नसकेपछि प्रहरीले तस्विर सार्वजनिक गरेकाे हाे । अपराध महाशाखाले शव चिनेकाे भएमा नजिकैका प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
हिजाे टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकैका छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो । सिसिटिभी फुटेजबाट कुनै क्लु नमिल्दा अहिलेसम्म हत्यारा पनि पत्ता लाग्न सकेकाे छैन ।
यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकालु खबर
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित