पोखरा महानगरका कर्मचारीमा कोरोना पुष्टि, वडा सिल

पोखरा । पोखरा महानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परीक्षणमा वडा २७ कि महिला कर्मचारीकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि साे वडा सिल गरिएकाे छ । वडा कार्यालयबाट हुने सम्पूर्ण कामकारवाही असोज ३० गतेसम्मका लागि बन्द गरिएकाे छ ।

अहिले वडाले कन्ट्याक ट्रेसिङ सुरु गरेकाे छ । संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *