मोरङमा जिल्ला न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि, अदालत बन्द
२०७७ साउन २६ गते

सांकेतिक तस्वीर। मकालु खबर।
विराटनगर । जिल्ला अदालत मोरङका एक जना न्यायाधीशलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
आइतबार ४ जनाको स्वाब संकलन गरिएको थियो । सोमबार आएको रिपोर्टमा तीमध्ये एक जना न्यायाधीशमा पनि संक्रमण पुष्टि भएको हो । न्यायाधीशमा संक्रमण पुष्टि भएसँगै अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पाैडेलले मकालु खबरलाई जानकारी दिए ।
सूचना अधिकारी पाैडेलका अनुसार पूर्ण रूपमा सेनिटाइज गरी अदालत खाेलिनेछ । अहिले क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ । संक्रमित भनिएका न्यायाधीशमा काेराेनाकाे कुनैपनि लक्षण देखिएकाे छैन । अस्पताल लैजाने तयारी भइरहेकाे छ ।
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित









