साउनको अन्तिम सोमबार शिव मन्दिरमा व्रत समापन

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले विधिपूर्वक ब्रत समाप्त गर्दैछन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ ।

साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

विगतका वर्षहरुमा जस्तै यसवर्ष भने शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छैन । कोरोना महामारीका कारण धेरै जस्तो शिवालयमा प्रवेश नदिइएकाले घर वा घर नजिकैको शिव मन्दिरमा व्रत समापन गरिदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *