स्वास्थ्य मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

शुक्रबार सीसीएमसीकाे टाेलीले मन्त्रालयका कर्मचारीहरूकाे पिसीआर परीक्षणका लागि स्वाब संकलन गरेकाे थियाे । परीक्षण गरिएकामध्ये ३ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिइएकाे छ । सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *