रुसले निर्माण गरेको कोरोनाको भ्याक्सिन १२ तारिखदेखि आउने, सफल भएको दाबी

काठमाडौं । रुसले पहिलो पटक कोरोनाको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । यही महीनाको १२ तारिखमा भ्याक्सिनको रजिस्ट्रेसन हुने पनि बताएको छ । भ्याक्सिन निर्माणमा दर्जनौं देश लागिपरेको छन् । कसले पहिला यो औषधि बनाउने भन्ने होड पनि उसैगरी चलिरहेको छ ।

कोरोनाले संसारका मानिसलाई सताउन रहेको छ । महामारीबाट जोगाउने एउटै आशाको दियो भनेको भ्याक्सिन नै हो । रुसले पहिलो पटक भ्याक्सिन तयार पारेको दाबी गरेको छ ।

रुसको दाबीमाथि विश्व स्वास्थ्य संगठन लगायतले आशंका पनि गरेका छन । तेस्रो चरणको परीक्षणमा सफलता नपाई भ्याक्सिन मानिसलाई लगाउन खोजिएको हो भने त्यसले जोखिम बढाउने डब्ल्यूएचओले भनेको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार डेपुटी स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले शुक्रबार यो जानकारी दिएका हुन् । भ्याक्सिन रुसको रक्षामन्त्रालय तथा गामालेया नेसनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले तयार पारेका हुन् ।

यो भ्याक्सिन क्लिनिकल ट्रायलमा शतप्रतिशत सफल भएको पनि रुसको दाबी छ। परीक्षणका क्रममा जसलाई यो भ्याक्सिन दिइयो, उसमा कोरोना भाइरसविरुद्ध इम्युनिटी विकसित भएको पाइएको छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *