लिखित सम्झौतापछि अभियन्ता ईःले तोडे दाेस्राे अनशन

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) काे सबल व्यवस्थापन लगायत विभिन्न १४ बुँदे मागहरू राखेर अनशन बसेका ‘इनफ इज इनफ’ का अभियान्ता ईः ले आज (आइतबार) दाेस्राे अनशन ताेडेका छन् ।

आइतबार बिहान स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग विभिन्न १३ बुँदे मागकाे लिखित सम्झौतापछि उनले २३ औँ दिनमा अनशन ताेडेका हुन् । कोरोनाको परीक्षण पीसीआर विधिबाट गरिनुपर्ने, परीक्षणको नतिजा यथाशिघ्र उपलब्ध गराउने प्रबन्ध गर्ने, राहत तथा सुरक्षा व्यवस्था गर्न नेपाल सरकारलाई लेखि पठाउने लगायतका मागहरू छन् ।

अभियान्ता ईः ले यसअघि गत असार २२ मा सरकारसँग १२ बुँदे सम्झौता गर्दै १२औँ दिनमा पहिलाे अनशन ताेडेका थिए । १२  औँ दिनसम्म पनि सरकारले माग सम्बाेधन नगरेपछि उनले पुनः अनशन सुरू गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =