पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा ९ प्रहरीसहित थप ७५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा थप ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितमध्ये १५ जना महिला रहेका छन् । त्यस्तै वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पताल र वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी पनि संक्रमित भएकाे पाइएकाे छ । संक्रमित केहिमा मात्रै काेराेनाका लक्षण देखा परेका छन् । सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *