चेल्सीको लज्जास्पद हार, बायर्न क्वाटरफाइनलमा

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब चेल्सीमाथि ४-१ को फराकिलो जित निकाल्दै बायर्न क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले भने दुवै लिगमा लज्जास्पद हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरे भने इभान पेरिसिक र कोरेनटिन टोलिस्सोले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल टामी अब्राहीमले गरेका थिए ।

योसँगै क्वाटरफाइनलमा पुगेको बायर्नले अब बार्सिलोनाको सामना गर्ने भएको छ । दुवै बीच क्वाटरफाइनलको खेल अगस्त १४ मा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *