युभेन्ट्सका मुख्य प्रशिक्षक बर्खास्त

काठमाडौं । युभेन्ट्सका मुख्य प्रशिक्षक वर्खास्त भएका छन् । च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा पुग्न असफल भएको इटालियन सिरी ए क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको हो ।

शुक्रबार राति भएको खेलमा युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि क्लबले सारीलाई बर्खास्त गरेको हो । इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्ट्स अवे गोलको आधारमा बाहिरिएको थियो ।

प्रशिक्षक सारी सन् २०१९ मा युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *