वीपी प्रतिष्ठानबाट १७ हजार पीसीआर परीक्षण

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट हाल सम्म १७ हजार ७ सय २ जनको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले प्रतिष्ठानबाट मात्रै हालसम्म १७ हजार बढीको पीसीआर परीक्षण भएको जानकारी दिएका हुन् ।

आज प्रतिष्ठानको आइसोलेसनमा २ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । यो सँग प्रतिष्ठानमा हाल ८९ जना कोरोना संक्रमित उपचाररत रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानबा हालसम्म २ सय ९१ जना कोरोना संक्रमित उपचार पछि निको भए्र घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *