‘कोरोना भ्याक्सिन’ बनेपनि ५० प्रतिशत खतरा मात्रै कम गर्ने
२०७७ साउन २४ गते

ह्वाइट हाउसमा डा. फाउची। फाइल फोटो।
एजेन्सी । अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस(कोभिड १९)विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशतसम्म मात्रै काम गर्ने बताएका छन् ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डा. फाउचीले खोपले कोरोना सङ्क्रमित हुन सक्ने खतरा ५० देखि ६० प्रतिशत मात्रै रोक्न सक्ने भन्दै खोप बनेपछि पनि सार्वजनिक स्वास्थ्य सामग्रीको आवश्यकता भइरहने बताए ।
महामारी नियन्त्रण गर्न खोपमा मात्रै भर पर्न नहुने उनले औंल्याएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले टास्क फोर्स नियुक्त गरे पनि उनको सुझावप्रति ट्रम्पले फाउचीको सुझावलाई वेवास्था गर्दै आएका छन् ।
कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । संसारभर कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २५ लाख निको भएका छन् भने ७ लाख २४ हजारको ज्यान गएको छ ।
२०७७ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








