युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ ।

गएराती सम्पन्न दोस्रो लिगमा युभेन्टस फ्रेन्च क्लब लियोनमाथि २–१ गोल अन्तरले विजयी भएपनि समग्रमा २–२ गोल को नतिजासहित पहिलो लिगमा अवे गोलको आधारमा लियोन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

युभेन्टसका दुवै गोल क्रिस्टियानो रोनाल्डोले गर्दै जित दिलाएपनि क्वाटरफाइनलमा भने पुर्याउन सकेनन् । रोनाल्डोले खेलको ४३औ र ६०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लियोनका लागि भने मेम्फिस डिपेले पेनाल्टीमार्फत गोल गरेका थिए ।

योसँगै लियोनले क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ भने युभेन्टसको च्याम्पियन्स लिगको यात्रा टुंगिएको छ । त्यस्तै रोनाल्डोले सन २००९१० सिजनदेखि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा नपुग्दै उनको टिम बाहिरएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *