चितवनमा संक्रमित वृद्धका छोरा-बुहारीमा पनि कोरोना पुष्टि

  • ध्रुवराज खनाल

चितवन । चितवनका दुई जनासहित चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका–१ का दुई जना, पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुरका कोरोना संक्रमित एक ४६ वर्षीय पुरुष र एक ३८ वर्षीय महिला हुन् । उनीहरु क्वारेन्टिन बाहिरका हुन् ।

बुधबार कोरोना परीक्षण गर्दा भरतपुर–१ का ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धमा कोरोना संक्रमण देखिएपछि हिजो उनका ४६ वर्षीय छोरा र ३८ वर्षीय बुहारीको स्वाब संकलन गरिएको थियो । आज परीक्षण गर्दा छोरा बुहारीमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले बताइन् ।

आज कुल १३१ नमुनाको परीक्षण गरिएको थियो । बाँकी १२७ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।यस्तै वीरगञ्ज–१० घर भएकी ४२ वर्षीय कोरोना संक्रमित महिलाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै सर्लाहीका ७९ वर्षीय पुरुषको भने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *