स्वास्थ्य मन्त्रालयको इपिमोडलिङः साउन २५ गतेसम्म ९१ हजार सक्रिय केसहरु हुन सक्ने !

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हुन सक्ने काेभिड १९ संक्रमण अनुमानका लागि इपिमोडलिङ तयार गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

जस अनुसार खराब अवस्थामा साउन २५ गतेसम्म ९१ हजार सक्रिय हुन सक्ने र मध्यम अवस्थामा भदाै २ गते ३९ हजारसम्म सक्रिय संक्रमित हुन सक्ने अनुमान गरिएकाे छ । आजसम्म सक्रिय संक्रमितहरु ६ हजार ३३० जना रहेका छन् ।

प्रवक्ता डा. गाैतमका अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रभावकारी कार्य तथा नेपाली नागरिक र सबै सरोकारवालाहरुको अभुतपूर्व सहयोगका कारण अनुमान गरिएभन्दा सक्रिय केसहरु सिमित राख्न सकिएको छ ।

यस्तै ४ महिनाको लागि हरेक हप्ताको कार्ययोजनासहितको द्रुत कार्य योजना असारदेखि असोजसम्म योजना अनुसार काम भइरहेको पनि उनले जानकारी दिए । गम्भीर प्रकृतिका १५ सय सम्म बिरामीको उपचारका लागि औषधी र आइसीयूको सामग्री मौज्दातमा रहेको प्रवक्ता गाैतमकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *