थप ५ जना संक्रमितको मृत्यु, मृतक संख्या ७० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो पाटन अस्तालमा मृत्यु भएको हो । उनी मधुमेह र रक्तचापका बिरामी थिए ।

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का ७९ वर्षीय एक पुरुषको पनि साउन २० गते राति कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको आफ्नै निवासमा मृत्यु भएको हो । मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी वीरगञ्ज ११ कै ५७ वर्षीय पुरुषको साउन २२ गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको समस्या थियो ।

यस्तै सिरहा, गोलबजारका २५ वर्षीय साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

आज थप ५ जनाको मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *