थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४६४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरे ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४२५ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ भने हालसम्म १५ हजा ८१४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

६ हजार ३३० जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार जारी छ । देशभर १० हजार २०७ जना  क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *