धरानमा काेराेना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु, विराटनगरमा पत्रकार पनि संक्रमित

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । कोरोना भाइरस संक्रमणबाट धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको ज्यान गएको छ । २ नं प्रदेश अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय एक युवकको गएराति उपचारको क्रममा वीपी प्रतिष्ठानमा मृत्यु भएकाे हाे ।

मृतक युवक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्षदेखि डायलासिस गराइरहेको ती युवकलाई गएको बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले मृतक युवककाे परिवारका सदस्य ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै धरान वडा नं १५ को एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको साउन २० गते नै स्वाब लिइएको थियो । स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अुनसार ती बालक धरान उपमहानगरपालिकाकी एक महिला कर्मचारीको छोरा हुन् । उनको आमा र हजुर आमालाई पनि ज्वारो आएको थियो । आमा र हजुआमाको भने रिपोर्ट आउन बँकी नै रहेको छ ।

योसँगै धरानमा कोरोना संक्रमण हुनेको संख्या ४२ पुगेको छ ।

उता एक नं. प्रदेशको राजधानी विराटनगरमा एक पत्रकारमा पनि कोरानो संक्रमण पुष्टि भएको पाइएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोख्रेलका अनुसार ती पत्रकार एक साप्ताहिक पत्रिका चलाउने ब्यक्ति हुन् । उनको साउन १९ गते नै स्वाब टेष्टका लागी लिइएकाे थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *