पाटन अस्पतालमा उपचाररत् वीरगञ्जका कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । हिजो बिहीबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले मकालु खबरसँगकाे कुराकानीमा यसबारे पुष्टि गरे ।

मृतक वीरगञ्जका हुन् । उनीमा मधुमेह र रक्तचापकाे समस्या थियाे । स्टार अस्पताल भर्ना भएका उनकाे स्वास्थ्यमा थप समस्या आएपछि पाटन अस्पताल रिफर गरिएकाे थियाे । उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारे पुष्टि गरिसकेकाे छैन । मन्त्रालयले बिहीबारसम्म पुष्टि गरेकाे अपडेट अनुसार देशभर हालसम्म ६५ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बिहीबार मात्रै थप ५ जनाकाे मृत्यु पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *