‘ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स’का सदस्यलाई मार्ने धम्की

एजेन्सी । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यलाई ज्यान मार्ने धम्की आएको बताइएको छ ।

अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आइरहेको बताएका हुन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका डाक्टर फाउचीले आफ्ना छोरीहरुलाई समेत दुःख दिने काम भइरहेको बताएका छन् ।

आफूले कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा के भइरहेको छ भन्नेबारे सार्वजनिक रुपमा बोलेकाले यस्तो धम्की आइरहेको उनले बताएका छन् ।

सीएनएनसँगको कुराकानीका क्रममा फाउचीले भनेका छन्, “मलाई र मेरो परिवारलाई ज्यान मार्ने धम्की आइरहेको छ । मेरा छोरीहरुलाई समेत दुःख दिने काम हुन थालेपछि मैले सुरक्षाकर्मी राख्नु परेको छ । यो कुरा आफैमा अनौठो हो ।”

कोरोना महामारी नियन्त्रण अभियानमा अग्रस्थानमा रहेका डा. फाउची अहिले अमेरिकाभर प्रख्यात छन् । कैयौँ पटक उनले कोरोनाका विषयमा राष्ट्रपति ट्रम्पसँग समेत असहमति राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *