कार्यालयहरुमा गोष्ठी र बैठक नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक र गोष्ठी नगर्न अपिल गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढीरहेको भन्दै मन्त्रालयले कार्यालयमा बैठक, सेमिनार तथा अन्य कुनै पनि किसिमका जमघट नगर्न आग्रह गरेको हो ।  बैठक गर्नै पर्ने भए भर्चुअल माध्यमबाट गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन्।

त्यस्तै मन्त्रालयले प्रदेश र स्थानीय तहलाई भारतीय सीमा क्षेत्रका जिल्लामा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *