मन्त्रिपरिषदका १८ निर्णय सार्वजनिक : विभिन्न मन्त्रालयका लागि ३४१ अस्थायी कर्मचारी दरबन्दी स्वीकृत गर्ने

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयलयका लागि अस्थायी कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विभिन्न मन्त्रालयका लागि अस्थायी कर्मचारी दरबन्दी स्विकृत गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले अर्थ मन्त्रालयका लागि मौजुदा दरबन्दीबाट पदपूर्ति गर्ने गरी चालू आर्थिक वर्षका लागि आवश्यक ७ जना राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
यस्तै भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ४२ जना राजपत्रांकित अधिकृतहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
त्यसैगरी सहरी विकास मन्त्तालयका लागि २ सय ९२ कर्मचारी दरबन्दी सरकारको निर्णय रहेको छ ।
यसअघिको मन्त्रिपरिषदको बैठकले विभिन्न मन्त्रालयहरूमा राजपत्राङ्कित श्रेणीका विभिन्न पदमा एक हजार छ सय ८२ अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ ।
मन्त्रिपरिषदका १९ निर्णय :










