एकैदिन थपिए ३६० संक्रमित, उपत्यकाका मात्रै ८७ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. गाैतमका अनुसार थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै ८७ जना छन् । काठमाडाैंका ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । अन्य संक्रमित विभिन्न जिल्लाका छन् ।

आजको थप अपडेटसँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ हाजार ३८९ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २३३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

६ हजार २९६ सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ९ हजार ४७० क्वारेन्टिनमा छन् ।पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण संख्या ४ लाख १९ हजार ५७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =