अख्तियारका थप २२ कर्मचारीमा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मकालु खबरसँगकाे कुराकानीमा यसबारे पुष्टि गरे ।

यसअघि पनि अख्तियारका १ सय ८२ जनाकाे पीसीआर परीक्षण गर्दा १५ कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि अख्तियारले परीक्षणकाे दायरा बढाएकाे हाे ।

परीक्षणकाे दायरा बढाउने क्रममा मङ्गलबार ८० जनाकाे परीक्षण गरिएकाे थियाे । जसमा २२ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो । संक्रमित सबैकाे अवस्था सामान्य रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *