वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, सैनिक पनि संक्रमित

काठमाडौं । वीरगञ्जमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नेपाली सेनाका ११ जना रहेका छन् । संक्रमितहरू वीरगञ्ज, राैतहट, बारा र महाेत्तरीका छन् ।

बुधबार स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे अपडेट जानकारी अनुसार देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ३९० रहेकाे छ । संक्रमितमध्ये १५ हजार १५६ जना उपचारपछि निकाे भइसकेका छन् । हालसम्म ६० जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =